धरान : सरकारले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएका घटनाहरुको  छानबिन गर्न विशेष अदालतका पूर्व अध्यक्ष तथा पूर्व न्यायाधीश गौरी बहादुर कार्कीको नेतृत्वमा उच्च स्तरीय जाँचबुझ आयोग गठन गरेको छ ।

अयोगमा पूर्व एआइजी विज्ञानराज शर्मा र कानुनविद् विश्वेश्वर भण्डारी सदस्य छन् । अयोगलाई ३ महिनाको समय दिइएको छ ।प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले आयोग गठन गरेको हो । जेनजी आन्दोलनको प्रदर्शनमा अहिले सम्म ७४ जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ ।

यसअघि अन्तरिम सरकारको पहिलो मन्त्री परिषद् बैठकले जनधनको क्षति तथा ज्यादतीको छानबिन गर्न उच्चस्तरीय न्यायिक आयोग गठन गर्ने नीतिगत निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका थिए ।