धरान : यामाहा मोटरसाइकल कम्पनीको आधिकारिक विक्रेता विजयपुर ट्रेर्डसले आज बुधवार यामाहा नयाँ एमटी-१५ भी२ र एफजेड एसभी ३ डिलक्सका किलर भेरियन्ट बाइकहरू सार्वजनिक गरिएको छ । यामाहा एमटी-१५ भी२ बजार मूल्य ५ लाख ६० हजार ९०० र एफजेड-एसभी३ डिलक्सको मूल्य ४ लाख १० हजार ९०० रहेको छ ।
धरान-८ स्थित ट्रेडर्सको शो रुममा यामाहा एमटी–१५ भी–२ का दुई नयाँ भेरियन्ट ‘आइस स्टर्म’ र ‘भिभिड भायोलेट मेटा लिक’२०२५ र एफजेड–एस भी ३ डिलक्स मोटरसाइकल मोडेलका नयाँ भेरियन्ट सार्वजनिक गरिएको हो ।
शो रूपमा प्रमुख अतिथि उद्योग वाणिज्य सङ्घ सुनसरीका अध्यक्ष गोपाल श्रेष्ठले मोटरसाइकल सार्वजनिक गरेका हुन । उनले आर्थिक मन्दीले व्यवसायी कठिन अवस्थामा भए पनि उपभोक्ता ग्राहकप्रति जिम्मेवारी वहन गर्न पछि नपरेको बताए । मन्दीमा पनि ट्रेर्डसले ग्राहकको रुचि पुरा गर्न नयाँ भेरियन्टका मोटरसाइकल ल्याएको कुराले यसको पुष्टि गर्ने उनको भनाई थियो ।
ट्रेडर्स प्रमुख प्रभात खतिवडाले नयाँ रोजाइका ग्राहकहरूका लागि नयाँ मोटरसाइकल सार्वजनिक गरिएको बताउँदै भने ‘नयाँ भेरियन्टहरू पहिले नै चर्चित स्ट्रीटफाइटर मोडेलमा थप आकर्षक र स्टाइलिस छ ।’ एमटी–१५ भी २ र एफजेड–एस भी३ डिलक्सका नयाँ विकल्प र अझ मजबुत बनाएको उनले भनाई छ ।
यससँगै, यामाहाले आफ्नो लोकप्रिय एफजेड–एस भी३ डिलक्स मोडललाई समेत नयाँ रङ ‘आइस फ्लु ओ–भर्मिलियन’मा सार्वजनिक गरेको छ । यो भेरियन्टले प्रसिद्ध एफजेड सिरिजलाई अझ बोल्ड र आधुनिक बनाएको जनाइएको छ ।
यामाहा ब्लु च्यामबरमा आउने आगन्तुकले नयाँ भेरियन्ट प्रत्यक्ष अवलोकन गर्नुका साथै सम्पूर्ण यामाहा मोटरसाइकल र स्कुटर सिरिज पनि अन्वेषण गर्न सक्नेछन् ।
साथै अफरहरू अन्तर्गत छानिएका मोडेलमा अधिकतम सात हजारसम्म छुट, मोटो जीपी रेस प्रत्यक्ष अनुभव गर्ने अवसर, एमटी सिरिज मोटरसाइकल बुकिङ गर्दा प्रिमियम एमटी राइडिङ ज्याकेट पाउने व्यवस्था गरिएको छ ।
यामाहाले सबै मोटरसाइकल प्रेमीलाई नयाँ मोडेल एमटी–१५ भी–२ ९आइस स्टर्म र भिभिड भायोलेट मेटा लिक० तथा एफजेड–एस भी३ डिलक्स आइस फ्लुओ–भर्मिलियन प्रत्यक्ष अवलोकन गर्न आग्रह गरेको छ ।
यामाहा नेपाल, एमएडब्लू राइड्स अन्तर्गत, अत्याधुनिक प्रविधि, भरपर्दो बिक्रीपश्चात् सेवा र देशव्यापी नेटवर्कमार्फत नेपाली दुईपांग्रे बजारमा अग्रणी रहँदै आएको छ ।