धरान : उपचारका लागि आर्थिक अभाव झेलिरहेकी मिर्गौला पीडित धरान–३ की ४२ वर्षिया सजिता खड्गीलाई माओवादी केन्द्र निकट वाईसियल धरान–३ वडा समितिले ६२ हजार ८६५ सहयोग प्रदान गरेको छ ।
सहयोग रकम हस्तान्तरण पार्टीका सल्लाहकार सर्वजित् राई, नगर कोषाध्यक्ष मिङमा भोटे, वाईसीएल नगर अध्यक्ष दीपक घिसिङ, वडा सदस्य श्रावण खड्गी लगायतले गरेका हुन । 
मिर्गौला पीडित खड्गीले बिपी प्रतिष्ठानमा डाईलसियस गराउँदै आएकी छन् ।
उनलाई खड्गी बचाउ अभियान वाईसीएल धरान–३ वडा समितिको अध्यक्ष विक्रम शाहीको समितिद्वारा संकलित रकम हस्तान्तरण गरेको बताइएको छ ।