धरान : तत्कालीन लिम्बुवानको राजधानी विजयपुर दरवारक्षेत्रको ऐतिहासिक गढीमा स्वागतव्दार उद्घाटन गर्दै आज बिहीबार बिहान लिम्बु समुदायले शिसेक्पा तङ नाम साउने सङ्क्रान्तिको अवसरमा पूजा अर्चना गरेका छन् । 
हाल धरानको पर्यटकीय गन्तव्य पञ्चकन्या बन क्षेत्रको अन्तिम चुचुरो उक्लिनु अघि पश्चिम प्रवेश मार्गमा किरात याक्थुङ चुम्लुङ धरान–१९ वडा समितिको पहलमा फलामे गृलको स्वागतव्दार निर्माण गरिएको हो ।
चुम्लुङका केन्द्रीय उपमहासचिव डा.योगेन्द्र पालुङवा, नगर अध्यक्ष तीर्थ मादेम्बा, केन्द्रीय सल्लाहकार नरप्रसाद लिम्बु, चुम्लुङ वडाध्यक्ष प्रेमकुमार इधिङगो लगायतले संयुक्त रूपमा स्वागतव्दारको उद्घाटन गरे ।
चुम्लुङ वडा सचिव बसन्ती थेबे लुङफङका अनुसार स्वागतव्दार निर्माणमा करिब ८० हजार रुपैयाँ खर्च भएको छ । 
उक्त अवसरमा भेला भएका लिम्बु समुदायले सिकेक्पा तङनामको पूजा अर्चना गर्नुका साथै धान नाच प्रदर्शन गरेका थिए ।
चुम्लुङ धरान नगर समितिले शिसेक्पा तङ नाम साउने सङ्क्रान्तिको अवसरमा आज दिउँसो चुम्लुङ हिममा औपचारिक कार्यक्रम राखेको छ ।
limbu-pija