वराहक्षेत्र : वराहक्षेत्र नगरपालिका वडा नं ३ र ८ का ५ वटा टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको छ ।
बुधवार वराहक्षेत्र नगरपालिका वडा नं ३ स्थित विचपानी , जलुवा र जोर इनार ( क र ख ) र वडा नं ८ को धनकुटे लाइन टोल र ड्राइभर लाइन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको हो ।
वडा नं ३ को कार्यालयले नगरपालिकाको सहयोगमा विचपानी , जलुवा र जोर इनार ( क र ख ) र वडा नं ८ को कार्यालयले धनकुटे लाइन टोल र ड्राइभर लाइन टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरेको हो ।
बुधवार बिहान वडा नं ३ जलुवामा आयोजना गरेको सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख रमेश कार्की स्थानीय सरसफाइ समितिलाई सधैँ सफा राख्ने प्रतिबद्धता गराउँदै विचपानी , जलुवा र जोर इनार ( क र ख ) लाई घोषणा गराएका थिए ।
वडा नं ३ का अध्यक्ष राजदिप लामाको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट आथिथ्यता रहेका थिए। कार्यपालिका सदस्य मालती विश्वकर्मा, विष्णु कुमारी विष्ट ( कार्की ), वडा सदस्य थिर बहादुर कार्की , नगरपालिका खानेपानी तथा सरसफाइ शाखाका कर्मचारी मोती चौधरी , लगायत स्थानीय समाजसेवीहरू , सरसफाइ समितिका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।
त्यस्तै बुधवार नै वडा नं ८ को धनकुटेलाई टोल र ड्राइभर लाइन टोललाई पनि सफा र स्वच्छ क्षेत्र घोषणा गरेको छ । वडा नं ८ को कार्यालयले नगरपालिकाको सहकार्यमा उक्त टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरेको हो ।
सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रममा सधैँ सफा राख्ने प्रतिबद्धता गराउँदै प्रमुख अतिथि वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले सफा र स्वच्छ क्षेत्र घोषणा गरेका हुन् ।
वडा नं ८ का अध्यक्ष रोशन खड्काको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट आथिथ्यता रहेका थिए। कार्यपालिका सदस्य नबिना विश्वकर्मा, वडा सदस्य तुलसा राई , देवनारायण मोचे , नगरपालिका खानेपानी तथा सरसफाइ शाखाका कर्मचारी मोती चौधरी , रेखा धामी, लगायत स्थानीय समाजसेवीहरू , सरसफाइ समितिका पदाधिकारीहरूको आतिथ्यता रहेको थियो ।
पटक-पटकको अनुगमनबाट टोललाई सफा र स्वच्छ क्षेत्र घोषणा गरिएको र स्थानीयको जागरूकताको नगर प्रमुख कार्कीले प्रशंसा गरेका थिए । उनले आफ्नो घर, टोल र गाउँलाई सफा राख्न आव्हान समेत गरेका थिए ।