धरान : विद्यार्थीहरूलाई पुस्तक रहित शिक्षा दिनधरान–१५ स्थित हिविस्कस  बोर्डिङ इङ्लिस स्कुलले सामाजिक उत्तरदायित्व स्वरूप हरेक हप्ता सामाजिक कार्य गर्ने स्कुलले शुक्रवार जानकारी दिएको छ ।

स्कुलले विद्यार्थीहरूलाई समाज के हो सामाजिक कार्य के लाई भनिन्छ भन्ने व्यवहारिक ज्ञान दिन सामाजिक कार्यक्रम शुरु गरेको प्रबन्ध निर्देशक गङ्गाराम राईले बत्ताएका हुन ।

उनका अनुसार हरेक शुक्रवार स्कुलले सरसफाईमा विद्यार्थीलाई संलग्न गराउने छ । सिर्जनात्मक सिकाइ निम्ति हाजिरी जवाफ, वाक्य निर्माण, स्काउट तालिमका कार्यक्रम निर्धारण गरिएको छ ।

विद्यार्थीहरूलाई विभिन्न जाति र समुदायको संस्कृति र सम्पदा सम्बन्धी जानकारी दिइनेछ । पुस्तक रहित कार्यक्रमबाट विद्यार्थीले सिकेको कुरा आत्मविश्वास साथ व्यवहारमा लागू गर्न सक्ने क्षमता विकास हुने निर्देशक राईको भनाई छ ।

पुस्तक रहित शुक्रवार असल चरित्र र नेतृत्व विकास, उद्यमशीलता, विपद् व्यवस्थापनमा सम्बन्धित सरोकारवाला निकायसँग कसरी मिलेर काम गर्ने लगायतका विषयमा प्रयोगात्मक अभ्यास गराइने छ ।

साथै योग अभ्यास, सामाजिक सेवा र नेतृत्व विकास, सम्बन्धी समूहगत अभ्यास गराइने तयारी गरिएको छ । कार्यक्रमबाट उनीहरूलाई सामाजिक जीवन जिउन चाहिने व्यवहारिक ज्ञान हासिल हुने विश्वास गरिएको छ ।

विद्यार्थीहरूलाई सामूहिक रूपमा कसरी समस्या समाधान गर्न सकिन्छ र आफूसँग सम्बन्धित समस्या आफैँ एक्लै कसरी समाधान गर्न सकिन्छ, अरूको सहयोग लिनु पर्दा कसको कसरी सहयोग लिनुपर्छ भन्ने ज्ञानको प्रयोगात्मक अभ्यास गराइने निर्देशक राईले बताए ।

पुस्तक रहित शुक्रवारका क्रियाकलापले बालमैत्री सिकाईका लागि पुस्तकमा भएका सामग्री पुस्तकका पाना नपल्टाई सिकाउने प्रणाली विकास गर्दै लैजाने स्कुलको लक्ष्य रहेको उनले बताए ।