विराटनगर : अग्रज साहित्यकार डा. सुशीला कोइराला भण्डारीलाई उनकै घरमा खोटाङ सामाजिक सेवा मञ्चद्वारा आयोजित कार्यक्रममा शनिवार सम्मान गरिएको छ ।
साढे पाँच दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्यका क्षेत्रका कलम चलाउँदै आएकी भण्डारीलाई मञ्चले सम्मान गरेको हो ।
कार्यक्रममा अग्रज साहित्यकार प्राध्यापक कविराज न्यौपाने, बलराम पोखरेल, मञ्चका अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’, भूषण ढुङ्गेललगायतले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरेका थिए ।
कार्यक्रममा अग्रज साहित्यकार बलराम पोखरेल प्रमुख अतिथि थिए । सुशीलाको सम्मानमा कविता वाचन गरिएको थियो ।
रचना वाचन गर्नेहरूमा टिका आत्रेय, कृपाकरुणा पोखरेल सहित बाबुराम पोखरेल, एलपी पराजुली, केसु विरही, नवराज नवशिला, उमेश लुइँटेल, प्रयाग न्यौपाने, शम्भुप्रसाद भट्टराई, लक्ष्मी स्मृति, शान्ता पौडेल, जयन्त प्रधानाङ्ग, भरत वर्वरिक, मञ्जु घिमिरे दाहाल, सुजाता राई, स्वयम्भूनाथ कार्की थिए ।
लक्ष्मी पोखरेलले कार्यक्रम सञ्चालन गरेको कार्यक्रममा लक्ष्मी रायमाझी खड्काले स्वागत मन्तव्य प्रकट गरेकी थिइन् ।


































































