धरान : ताप्लेजुङ स्थित प्रसिद्ध तीर्थस्थल मुक्कुमलुङ पाथीभराको फेदीमा बसोबास गर्दै आएका होटेल व्यवसायीहरूलाई केबलकार कम्पनीले उठिबास गर्ने प्रपञ्च रचेकोमा किरात याक्थुङ चुम्लुङले घोर निन्दा गर्दै त्यस विरुद्ध स्थानियबासीको पक्षमा उभिने निर्णय गरेको छ ।
केबलकारको विरोधमा आन्दोलन गरिरहेको चुम्लुङको काठमाण्डौमा बुधवार बसेको केन्द्रीय समितिको बैठकमा पारित प्रस्तावहरूमा उक्त कुरा उल्लेख छ।
प्रस्तावमा भनिएको छ ‘फेदीमा बसोबास गर्ने, हजारौँ दर्शनार्थीहरुलाई चिया, नास्ता, बासको प्रबन्ध गर्दै आएका होटेल व्यवसायीहरूलाई केबलकार कम्पनीको योजनामा अदालतमा मुद्दा हाल्न लगाइएको छ ।’
उनीहरूलाई त्यहाँबाट उठिबास बनाउने, नागरिक अधिकार हनन गर्ने योजनाको भण्डाफोर गर्दै अन्यायमा परेका जनताको पक्षमा कियाचु उभिने प्रतिबद्धता जाहेर गर्दै प्रस्तावमा भनिएको छ ‘राज्यको आडमा स्थानीय जनताको व्यापार व्यवसाय खोस्ने र एकल व्यापारी पोस्ने पुँजीवादी प्रवृत्तिको घोर निन्दा गर्दछौँ ।’
बैठकले धार्मिक, सांस्कृतिक पवित्र भूमि लगायत ऐतिहासिक स्थलहरू अतिक्रमण गर्ने आतिक्रमणकारीहरु विरुद्ध सबै ठाउँमा संयुक्त रूपमा सशक्त सङ्घर्षमा उत्रने निर्णय गर्दै मुक्कुमलुङ बचाउनका लागि लिम्बुवानका ९ वटै जिल्लामा सङ्घर्ष समिति निर्माण गर्ने निर्णय गरेको छ ।
बैठकले प्रदेश नं १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिद्वारा कोशी खारेजीको लागि आउँदो मङ्सिर २ गते विराटनगरमा आयोजना गर्ने विशाल आमसभा सहित दोस्रो चरणको आन्दोलनमा सशक्त बनाउन चुम्लुङ सशक्त रूपमा उत्रिने निर्णय पनि गरेको छ ।
चुम्लुङ द्वारा पारित प्रस्तावहरू यस्ता छन् :