धरान : दोस्रो अल्फा बिटा खुल्ला पुरुष तथा महिला बास्केटबल वैशाख २९ देखी सुरु हुने भएको छ ।

प्रतियोगिताको उद्घाटन खेल ब्रदर्श बास्केटबल क्लब धरान र आईएसए नेपाल काठमाडौँ बिच हुने बिहीबार आयोजित पत्रकार सम्मेलनमा संयोजक विकाश राईले बताए । प्रतियोगिता धरान बास्केटबलको आयोजनामा हुन लागेको हो ।

प्रतियोगिताको ९० प्रतिशत तयारी पूरा भएको छ । जेठ ३ गते सम्म सञ्चालन हुने प्रतियोगिता धरान रङ्गशाला स्थित स्टेडियममा हुनेछ ।

प्रतियोगितामा पुरुष तर्फ १२ टिम र महिला तर्फ ८ टिम सहभागी निश्चित भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । सहभागी टिम रुम धरान, झापा, मोरङ, इलाम, उदयपुर, धनकुटा लगायत जिल्लाका क्लबहरू छन् ।

प्रतियोगिता फाइनलका दिन पूर्व खेलाडी, गायक कलाकार प्रकाश पौडेलको प्रयोजनमा थ्री पोइन्ट प्रतियोगितामा पनि हुनेछ । प्रतियोगितामा बास्केटबल क्लबहरू तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय महिला पुरुष खेलाडीहरू बिच प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिता धरान-२ भानुचौक स्थित अल्फा बिटा कोयला एजुकेसन कन्सल्ट्यान्टको मुख्य प्रायोजनमा हुँदै आएको हो ।

प्रतियोगिताका पुरुष विजेताले नगद ५० हजार र उपबिजेताले २५ हजार तथा महिला विजेताले नगद २० हजार र उपबिजेताले १० हजार सहित ट्रफि, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।

उत्कृष्ट खेलाडी पुरुष नगद १० हजार महिला ५ हजार, उदयीमान खेलाडी पुरुष नगद ५ हजार महिला २५ सय ट्रफि, प्रमाणपत्र, मेडल प्राप्त गर्ने छन् ।

प्रकाश पौडेलको प्रयोजनमा हुने प्रतियोगितामा महिला र पुरुष दुवै विजेताले नगद ५ हजार सहित ट्रफि, प्रमाणपत्र प्राप्त गर्ने छन् । पत्रकार सम्मेलन धरान बास्केटबल सङ्घ अध्यक्ष सुरज कुमार लामाको सभापतित्वमा भएको थियो ।