धरान : पब्लिक हाई स्कुलबाट ६८ वर्ष अघि एसएलसी दिएका स्वर्गीय प्रेमचन्द्र गिरीको नाममा सङ्कलित ९ लाख ६२ हजार रुपैयाँ भौतिक विकासका लागि आइतबार स्कुललाई प्रदान गरिएको छ ।

प्रेमचन्द्र गिरी स्मृति कोषका संरक्षक पूर्व विद्यार्थी श्याम गोविन्द श्रेष्ठ, सुरश कुमार शर्मा र सूर्य शेखर श्रेष्ठले प्रधानाध्यापक इन्द्र मोहन झालाई उक्त रकमको चेक प्रदान गरेका हुन ।

स्वर्गीय गिरीले २०१३ सालमा पब्लिक हाईस्कूलबाट एसएलसी उत्तीर्ण गरेका थिए । उनको निधन पछि सहपाठीहरूले रकम सङ्कलन गरी उनको नाममा कोष स्थापना गरेका थिए ।

सङ्कलित रकम बैङ्कमा मुद्दती खातामा राखिएकोमा त्यसको साँवा ब्याज समेत गरी ९ लाख ६२ हजार रुपैयाँ पुगेको संरक्षक श्याम गोविन्द श्रेष्ठले बताए ।

कोषका संरक्षक सुरेश कुमार शर्माका अनुसार स्वर्गीय गिरीको नाम नाम चीरकाल सम्म रहने गरी शिलालेखमा राखेर विद्यालयले भौतिक संरचना निर्माण गर्ने सम्झौता अनुसार उक्त रकम हस्तान्तरण गरिएको हो ।

सहपाठीको स्मृतिमा त्यसबेला गरेको कामले आज ठुलो सार्थकता पाएकोमा कोषका संरक्षक सूर्य शेखर श्रेष्ठले खुसी व्यक्त गरे ।