धरान : धरान रङ्गशालामा जारी तेस्रो सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिता लिग चरणको खेलमा शुक्रवार धरान १७ ले धरान १८ लाई २-१ गोलले पराजित गरेको छ ।

निर्धारित ८० मिनेटको खेलमा धरान १७ का कृष्ण राईले २ गोल गरे । खेलको म्यान अफ दि म्याच धरान १७ का कृष्ण राई घोषित भए । उनले नगद २ हजार सहित जिएफएक्स फुडको ५ सयको गिफ्ट ह्याम्पर प्राप्त गरे ।

खेल अवधिभर धरान १८ ले थुप्रै गोल गर्ने अवसर पाए पनि सुगम जिमीले १ गोल मात्र गरे ।

प्रतियोगिता हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा सञ्चालन भएको हो । प्रतियोगितामा गोधुली अन्तर वडा फुटबल प्रतियोगितामा छानिएका उत्कृष्ट ८ वटा टिम बिच लिग चरणका खेल चलिरहेको हो ।

प्रतियोगितामा अङ्कको आधारमा उत्कृष्ट छानिएका टिमहरू बिच लिग कम नकआउटको आधारमा २ वटा सेमिफाइनल खेल हुनेछ ।

सुवास राई स्मृति सुपर-८ मा धरान १३, १४, १८, ५, ६, ८, ११ र १७ ले प्रतिस्पर्धा गर्दैछन ।

प्रतियोगिताको विजेता टिमले २ लाख ५५५ र उपविजेताले १ लाख ५५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ ।

प्रतियोगिताको भोली शनिवार हुने खेल धरान १३ र धरान ५ बिच हुनेछ ।