धरान : हाम्रो धरान भेट्रान फुटबल कप तेस्रो संस्करणको आज बुधवार भएको खेलमा धरान भेट्रान क्लबले उर्लाबारी भेट्रान क्लबलाई ४-० गोलले पराजित गरेको छ ।

खेलमा धरान भेट्रानका सतिस केसीले २ गोल, सागर घिमिरेले २ गोल गरे । खेलमा विजयी भएसँगै धरान भेट्रान क्टवाटर फाइनलमा प्रवेश गरेको छ ।

खेलको म्यान अफ दि म्याच धरान भेट्रानका सतिस केसी घोषित भए । उनले नगद २ हजार रुपैयाँ प्राप्त गरे ।

खेल अवधिभर उर्लाबारी भेट्रानले थुप्रै गोल गर्ने अवसरलाई सदुपयोग गर्ने नसक्दा प्रतियोगिताबाट बाहिरिएको छ ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

भोली बिहीबारको खेल हाम्रो इटहरी भेट्रान क्लब र भरौल भेट्रान क्लब वराहक्षेत्र बिच हुने आयोजकले जनाएको छ ।