धरान : धरान रङ्गशालामा हाम्रो धरान भेट्रान फुटबल क्लबको आयोजनामा आज सोमवार देखी तेस्रो हाम्रो धरान भेट्रान फुटबल कप प्रतियोगिता सुरु हुँदै छ ।

१२ टिम बिच प्रतिस्पर्धा हुने हाम्रो धरान भेट्रान प्रतियोगिताको आज उद्घाटन खेल मिल्स भेट्रान र दुहबी भेट्रान बिच हुँदै छ ।

प्रतियोगितामा समूह क मा दुधे भेट्रान, लखनपुर भेट्रान, उर्लाबारी भेट्रान, धरान भेट्रान फुटबल बिच प्रतिस्पर्धा हुनेछ ।

समूह ख मा मेघा भेट्रान, आयोजक हाम्रो धरान भेट्रान, सिमरा भेट्रान, राजरानी भेट्रान, हाम्रो इटहरी भेट्रान, भरौल भेट्रान बिच प्रतिस्पर्धा हुनेछ ।

क्लबका अध्यक्ष अशोक राईका अनुसार हाम्रो भेट्रान कपको दोस्रो संस्करणको विजेता हाम्रो इटहरी भेट्रान रहेको थियो ।

हाम्रो धरान भेट्रान कपको विजेता टिमले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ । उपविजेता टिमलाई ६० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगीताका उत्कृष्ट खेलाडीहरू साथै प्रत्येक खेलका म्यान अफ दि म्याचलाई नगद पुरस्कार प्रदान गरिनेछ ।

धरान रङ्गशालामा सुवास राई स्मृति सुपर-८ फुटबल प्रतियोगिता पनि चलिरहेको छ । लिग कम नकआउट प्रतियोगिताको अहिले लिग चरणको खेल भइरहेको छ ।

हाम्रो धरान भेट्रानका सदस्य सुपर-८ का संयोजक हेमकुमार गुरुङका अनुसार बजेटको सीमितताका कारण ग्राउन्डको व्यवस्थापनमा दोहोरो खर्च बचाउन दुवै प्रतियोगिता पालै पालो समय मिलाएर एकै साथ सञ्चालन गरिएको बताए ।