धरान : धरानमा शनिवार भएको पाँचौँ मिस्टर कोशी उपाधिका लागि भएको शारीरिक सुगठन प्रतियोगितामा भिजन फिटनेसका विनोदकुमार नेपाली पाँचौँ मिस्टर कोशी घोषित भएका छन् ।

प्रतियोगिता एलाइनेट जिम धरानले आयोजना गरेको हो । जिमको २१ औ शारीरिक सुगठन प्रतियोगितामा उपाधि विजेता नेपाली ६५ केजी तौल समूहका विजेता बन्दै फाइनलमा प्रवेश गरेका थिए ।

उनले उपाधि सँगै नगद १ लाख १५ हजार, ट्रफि, मेडल , प्रमाणपत्र र ५० हजार रुपैयाँ बराबरको मल्टिसेट व्रेन्चप्रेस प्राप्त गरेका छन् ।

प्रतियोगितामा धरान फिटनेस क्लबका लक्ष्मी मोतmान उपविजेता रहे । तेस्रो स्थान न्युट्रि हब तरहराका प्रदीप महतोले प्राप्त गरे । एनिटाइम्स फिटनेसका उमेश राई चौथो र झुनाज फिटनेसका उत्सव लिम्बु पाँचौँ स्थानमा रहे ।

उनीहरूले क्रमशः नगद ५० हजार, ४० हजार, ३० र पाचौले नगद २० हजार रुपैयाँ पुरस्कार तथा ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरे ।

व्यक्तिगत विद्या तर्फ वेस्ट पोजर उपाधि धरान फिटनेस क्लबका लक्ष्मी मोतmान, मोस्ट इम्प्रुभमेन्ट भिजन फिटनेसका विनोदकुमार नेपाली, मस्किलर म्यान फ्लेक्स फिटनेस केराबारीका डेविड राई र वेस्ट टिम उपाधि विजेता भिजन फिटनेस घोषित भए । उनीहरूले जनही नगद ५ हजार ट्रफि र प्रमाणपत्र प्राप्त गरे । 

समापनमा उनीहरूलाई प्रमुख अतिथि कोशि प्रदेश सभा सदस्य विजयकुमार राई, सभापति एलाइनेट जिमका अध्यक्ष विक्रम लिम्बु, धरान १८ का वडाध्यक्ष प्रवीण राई, धरान-८ का वडाध्यक्ष धनबहादुर राई, एसपी भीम दाहाल लगायतले पुरस्कार प्रदान गरे ।

धरान-१३ अमर सवा समाजको कभर्डहलमा भएको प्रतियोगितामा ५५ केजी तौल समूह वाट ५ जना, ६० केजी वाट ६ जना, ६५ केजी वाट ५ जना, ७० केजी र ७५ केजी वाट ३/३ जना गरी २२ जना उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको मुख्य निर्णायक शिव मुखिया र हरि धिमाल, इश्वरलाल उदास, नवनीत प्रधान, कविरभगत प्रधानाङ्ग, केशव श्रेष्ठ र सिता राई श्रेष्ठ थिए । कार्यक्रम सञ्चालन मेरिना तुम्साले गरेकी थिइन् ।

mister koshi 2