धरान : २४औँ अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि न्युरोड टिम एनआरटीले जितेको छ । मोरङ फुटबल सङ्घलाई २-१ गोलले पराजित गर्दैएनआरटीले उपाधि जितेको हो ।

यो संगै १६ बर्ष पछी एनआरटीले बुढासुब्बा गोल्डकपको उपाधी जितेको छ । बुढासुब्बा गोल्डकपको १० औ संस्करणको उपाधि उचालेको एनआरटीले २४ औँ संस्करणमा आइपुग्दा दोस्रो पटक उपाधि उचालेको हो ।

उपाधि जितेको एनआरटीले रनिङ ट्रफी सहित नगद १० लाख रुपैयाँ हात पारेको छ । पहिलो पटक फाइनलमा पुगेको मोरङ उपविजेतामा चित्त बुझाउँदै नगद ५ लाख रुपैयाँ प्राप्त गर्‍यो ।

निर्धारित ९० मिनेटको खेलमा एनआरटीका विदेशी खेलाडी अफिज ओलावालेले सुरुवाती ७औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । अफिजले रोशन रानाको पासमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको यस्तै ४४औँ मिनेटमा उमेश कार्कीले गोल गर्दै पहिलो हाफ सकिदा सम्म मोरङले खेललाई बराबरीमा ल्याएको थियो । खेलको ५१ औ मिनेटमा एनआरटीका सरोज तामाङले गोल गर्दै इतिहास रच्ने दाउमा रहेको मोरङलाई स्तब्ध बनायो ।

खेलको सर्वोकृष्ट खेलाडी एनआरटीका सनम लिम्बु घोषित हुँदै नगद १ लाख रुपैयाँ हात पारे । हाइस्कोरर एनआरटी ओफिज ओलावाले र सरोज तामाङसँगै मोरङका उमेश कार्की घोषित हुँदै नगद ३५ हजार रुपैयाँ प्राप्त गरेका थिए ।

यस्तै बेस्ट डिफेन्स मोरङका महेन्द्र कार्की, बेस्ट स्ट्राइकर एनआरटीका शिशिर लेखी, बेस्ट मिडफिल्डर एनआरटीका जय गुरुङ, वेस्ट गोल किपर एनआरटीका पूजन होना, वेस्ट कोच एनआरटीका जीवन सिन्खेमना घोषित हुँदै जनही नगद २५/२५ हजार रुपैयाँ प्राप्त गरे । खेलको म्यान अफ दि म्याच एनआरटीका पदम भट्टराई घोषित हुँदै नगद १० हजार प्राप्त गरे ।

धरान फुटबल क्लबको आयोजनामा फागुन २६ गते देखी सुरु भएको प्रतियोगितामा सहिद स्मारक ए डिभिजन लिग विजेता चर्च ब्वाइज सहित धरान फुटबल क्लब, भारतीय क्लब युकेएफसी, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब काठमाडौँ, काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टर झापा सहित ८ टिमको  सहभागिता रहेको थियो ।

NRT winnerNRT-10th-budhasubbaMan of the match 24th budhasubba