धरान : पानवारीमा भइरहेको पानवारी शतवार्षिकी महोत्सवमा लोक नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

महोत्सवमा धरानको ६ नं. वडामा रहेका विद्यालयहरूको अन्तर विद्यालय लोक नृत्य प्रतियोगिता सम्पन्न भएको हो।

प्रतियोगितामा शिक्षा सन्देश सेकेण्डरी बोर्डिङ स्कुलले प्रथम स्थान हासिल गरेको छ भने सरस्वती मावि दोस्रो तथा उज्ज्वल तारा एकेडेमी तेस्रो भएको आयोजकले जानकारी दिएको छ ।

विजयी विद्यालयलाई आयोजक सयपत्री बोइज युनियन क्लबले पुरस्कार समेत वितरण गरेको थियो । प्रतियोगितामा नृत्य निर्देशक नगेन्द्र राई र सानुकाजी लिम्बूले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

महोत्सवमा निःशुल्क स्वास्थ्य शिविर, भलिबल प्रतियोगिता, रस्सी तान प्रतियोगिता लगायत मनोरञ्जनका लागी हरेक साँझ राष्ट्रिय कलाकारहरूको प्रस्तुति समेत भइरहेको छ ।