धरान : सहिद दिवसको अवसरमा प्रजातन्त्र प्राप्तिका लागि बलिदान दिएका सहिदहरूप्रति सम्मान र श्रद्धाञ्जली अर्पण गर्दै नेपाली काँग्रेस धरान नगर समितिले आज साँझ भानुचौकमा दीप प्रज्वलन गरेको छ ।
‘समुदायमा काँग्रेस’ मूल अभियानका साथ सहिदहरूको बलिदानलाई सम्झँदै सम्मान र श्रद्धाञ्जली अर्पण गर्न दीप प्रज्वलन गरिएको काँग्रेस धरान नगर सभापति श्याम पोख्रेलले बताए ।
काँग्रेस केन्द्रीय समितिको निर्णय अनुसार देशव्यापी वडा तहहरूमा आज देखि अभियान सञ्चालन सुरु भएको बताउँदै सभापति पोखरेलले भने ‘अभियान सञ्चालन भइरहेकोको क्रममा राष्ट्रलाई योगदान पुर्याएका सहिदहरुलाई सम्झँदै दीप प्रज्वलन गरिएको हो ।’
कार्यक्रममा धरान उपमहानगरपालिकाका पूर्व मेयर तिलक राई, काँग्रेस क्षेत्रीय सभापति सुजेन्द्र गोले, धरान-१८ का वडाध्यक्ष प्रवीण राई, वडा ९ वडाध्यक्ष रुपेश आचार्य, वडा ३ अध्यक्ष विद्या शाक्य वडाध्यक्षहरू, काँग्रेस नगर सचिव हिमाल श्रेष्ठ सहित काग्रेसीजन सहभागी थिए।


































































