इटहरी : नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि भएको भन्दै आपत्ति जनाएको छ ।

आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले विरोध जनाएको हो।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी साधनमा ढुङ्गा मुढा प्रहार गरी भएको अवान्छीत गतिविधिको एमालेले घोर भर्त्सना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पहिचानको नाममा गैर जिम्मेवार, आपत्तिजनक र अराजक गतिविधि गर्ने तत्त्वलाई अविलम्ब नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको माग छ ।

असहमत भए विरोध गर्न पाइने संविधानको व्यवस्था विपरीत भौतिक आक्रमणमा उत्रिनेहरू माथि कारबाही नगरी अराजकतालाई सरकारले प्रशय दिइरहेको विज्ञप्तिमा उल्लेख छ ।

UML-KOSHI-PR