धरान : एनप्याब्सन सुनसरीको बुधवार सम्पन्न १० औ जिल्ला अधिवेशनले अध्यक्ष पदमा योवा राई सर्वसम्मतीबाट चयन भएका छन् । धरान-८ स्थित सुम्निमा सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल राईको अध्यक्षतामा २१ सदस्यीय नयाँ कार्यसमिति समेत सर्वसम्मत चयन भएको छ ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा स्ट्याण्डर्ड बोर्डिङ पकलीका प्रिन्सिपल गणेश कोइराला, उपाध्यक्षमा हिमालयन बोर्डिङ स्कुल चतराका आलोक श्रेष्ठ, सचिवमा नमुना एकेडेमी तरहराका प्रिन्सिपल थरेन्द्र अधिकारी चयन भएका छन् ।
सहसचिवमा विद्या भूषण स्कुल धरानका प्रिन्सिपल पूर्ण चन्द्र ढकाल, कोषाध्यक्षमा विद्या ज्योति बोर्डिङ इटहरीका प्रिन्सिपल कृष्ण गड्तौला र सह कोषाध्यक्षमा युरेका आवासीय मावि धरानका प्रिन्सिपल कुरन चेम्जोङ चयन भएका छन् ।
कार्यसमिति सदस्यहरूमा सुमिता राई, गोकुल खड्का, राजकुमार राई, तारा बहादुर कार्की, सुमित कुमार मेहता, श्रवण कुमार साह, नवराज बुढाथोकी, गम्भिरमान तामाङ र दीपेन्द्र यादव रहेका छन् । बाकी ५ जना सदस्यहरू नयाँ कार्यसमितिको पहिलो बैठकले मनोनीत गर्ने निवर्तमान सचिव भगत लिम्बुले बताए ।
एनप्याब्सन केन्द्रीय उपाध्यक्ष जय बहादुर श्रेष्ठले नव निर्वाचित कार्यसमितिलाई शपथ ग्रहण गराए । निवर्तमान अध्यक्ष नारायण कुमार सन्जेल, प्रदेश अध्यक्ष राजन पौडेल, निवर्तमान सचिव भगत लिम्बू लगायतले बधाई, शुभकामना दिएका थिए ।
केन्द्रीय अध्यक्ष पाण्डव हमालको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा केन्द्रीय सह अध्यक्ष सुवास न्यौपाने, केन्द्रीय महासचिव पारसमणी दाहालको उपस्थिति थियो । अधिवेशन लाङ्घाली सामुदायिक भवनमा भएको हो ।