धरान : नेपाली कांग्रेसले आज बिहान आयोजना गरेको दौड प्रतियोगितामा नवीन तामाङ र छेन्वीमाया राई प्रथम भएका छन् ।
नेपाली कांग्रेस सुनसरी-१ तथा प्रदेशसभा १(१) र १(२) को संयुक्त सम्मेलनको प्रचारका लागि सुनसरी-१ क्षेत्रीय समितिले दौडको आयोजना गरेको हो । ५ कि.मि. र्दाैड प्रतियोगितामा पुरुषतर्फ धरान-१५ का नवीन तामाङ प्रथम भएका छन् । उनले १५ दशमलव १ मिनेटमा दुरी पार गरेका थिए । त्यसै गरी महिलातर्फ धरान-१९ की छेन्वीमाया राई प्रथम भएका छन् । उनले निर्धारित दुरी १९ दशमलव ४६ मिनेटमा पूरा गरेकी थिइन् ।
पुरुषतर्फ दोस्रो हुने धरान-५ का प्रशान्त तामाङले १५.१५ मिनेट र तेस्रो स्थान आउन सपल इण्डियन आर्मी समेत रहेका भोजपुर तिवारी भन्ज्याङका पवन राईले १५.४५ मिनेटमा दुरी पार गरेका थिए । त्यसै गरी महिलातर्फ दोस्रो धरान-१९ की निक्की नेम्वाङले २०.३५ मिनेट र तेस्रो हुने धरान-५ की नानी तामाङले २१.२१ मिनेटमा निर्धारित दुरी पार गरेकी थिइन् । दौडमा सहभागी सबैलाई नेपाली कांग्रेस सुनसरी-१ का क्षेत्रीय सभापति सुजेन्द्र तामाङले प्रमाण-पत्र प्रदान गरे ।
सभापति तामाङको अध्यक्षतामा समापन भएको थियो । प्रतियोगिताको संयोजक धरान रनका अध्यक्ष रमु राई रहेका थिए । समापनमा प्रमुख अतिथि कांग्रेस प्रदेश महामन्त्री उमेश थापा थिए । कार्यक्रममा जिल्ला सचिव माधव घिसिङ, प्रदेशसभा १(१) सभापति अनिल श्रेष्ठ, महासमिति सदस्य सुवास राई, महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, जिल्ला सदस्य अनुपमा सुनुवार थिए । क्षेत्रीय सल्लाहकार प्रेम पौडेल, क्षेत्रीय सचिव केशव पुरी, प्रदेशसभा १(२) कोषाध्यक्ष हरि थापा, नेपाल तरुण दल केन्द्रीय सदस्य देवेन्द्र लिम्बु, धरान-३ नं. वडा सभापति उमेश श्रेष्ठ, क्षेत्रीय प्रतिनिधि अजय राई लगायतका नेताहरूको उपस्थिति थियो ।
कांग्रेसले असार २२ गते २ बजे धरान-१७ मा रहेको एन्फा टेक्निकल सेन्टरको खेल मैदानमा नेपाल पत्रकार महासंघ र पार्टी बिच मैत्रीपूर्ण फुटबल प्रतियोगिता पनि आयोजना गर्ने जनाएको छ । कांग्रेसको दुई दिने सम्मेलन असार २९ र ३० गते कांग्रेसका प्रभावशाली युवा नेता महामन्त्री गगनकुमार थापाको प्रमुख आतिथ्यमा धरान-१३ स्थित धरान व्यान्क्वेटमा हुँदैछ छ । सम्मेलनको अवसरमा सुनसरी-१ कांंग्रेसले मन्दिर, मस्जिद, गुम्बा र चर्च सरसफाई, ब्याडमिन्टन प्रतियोगिता तथा रस्सीतान प्रतियोगिता सम्पन्न गरिसकेको छ ।