इटहरी : सेन्टर फर डेमोक्रेटीक इन्जीनियर्स नेपाल (सिडेन) कोशी प्रदेश सभापतिमा इटहरीका विकाश भट्टराई विजयी भएका छन् । विराटनगरका सुधीर यादवलाई फराकिलो मतान्तरले पराजीत गर्दै भट्टराई विजयी भएका हुन् ।

जेठ १३ गते विराटनगरमा सम्पन्न निर्वाचनले नयाँ कार्यसमिति चयन गरेको छ । ३२७ मतदाता मध्ये २०४ मत खसेको थियो । त्यसमध्ये भट्टराईले १४१ मत पाउँदा यादवले ६५ मत मात्र पाए ।

निर्वाचन मार्फत ५ पदाधिकारी र १० सदस्य सहित १५ सदस्यीय कार्यसमिति चयन भएको छ । उपसभापतिमा सुवास कुमार कर्ण र सचिवमा अविनाश ठाकुर विजयी भएका छन् । कोषाध्यक्षमा शरद कुमार झा र सहसचिव सचिन्द्र यादव यसअघिनै सर्वसम्मत चयन भएका थिए ।

सदस्यहरूमा मिलन श्रेष्ठ, सञ्जीव काफले, विक्रम दाहाल, गिनिस राज भण्डारी, भवनाथ यादव, देव नारायण चौधरी, सोनु कुमार पोदार, सुमित कुमार साह, नवनीत तिवारी र मनीश कुमार झा विजयी भएका छन् ।

नेपाली काँग्रेसको सुवेच्छुक संस्था सिडेन पछिल्लो समय इन्जिनियरको सवालमा सक्रिय बन्दै गएको छ । नवनिर्वाचीत सभापति भट्टराईले सबैलाई मिलाएर लैजाने प्रतिवद्धता जनाएका छन् । चुनावमा आन्तरिक प्रतिस्पर्धा भएकाले सबैले विजयी भएको महसुस गराउने उनले बाचा गरेका छन् ।