गत २०७९ वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनबाट वराहक्षेत्र नगरपालिकाको नेतृत्व गरी रहेका जनप्रतिनिधिहरूको १ वर्ष पूरा भएको छ । नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार लगायत वडाध्यक्षहरूले जेठ ११ गते शपथ ग्रहण गरेर कार्यभार सम्हालेका थिए।

५ बर्षकालागि निर्वाचित जनप्रतिनिधिहरूले १ वर्षमा गरेको काम हेर्दा दिर्घकालिन लक्ष्य, नगरवासीको माग र आवश्यकतालाई पूरागर्न लागि परेका छन् । भौगोलिक रूपले ठुलो र प्राकृतिक प्रकोपबाट जोखिम रहेको नगरपालिकालाई उत्कृष्ट र अब्बल नगरपालिका बनाउने अभियानमा लागि परिरहेको नगरप्रमुख रमेश कार्की बताउँछन् ।

जनप्रतिनिधि, कर्मचारीले दिने सेवा सुविधा र आम नागरिकको मागलाई सम्बोधन गर्दै सिङ्गो वराहक्षेत्र नगरपालिको आर्थिक समृद्धि, सामाजिक रूपान्तरण तिर उन्मुख गराउन र नगरपालिकाले आत्मसाथ गरेको नारा "समृद्ध वराहक्षेत्रको आधार, कृषि, पर्यटन र दिगो पूर्वाधार" लाई सार्थक तुल्याउन जनप्रतिनिधिको एक वर्ष अर्थात् ३६५ दिन महत्त्वपूर्ण रहेको नगर उपप्रमुख नन्दकुमारी सुनुवारको भनाई छ।

बिकट क्षेत्रमा भौतिक पूर्वाधार विकासलाई जोड दिएर नगरपालिकाको कार्यपालिकाको टिम लागि परेको छ। बिकट क्षेत्रमा विकास, शिक्षा, स्वास्थ्यमा सुधारमा नगरपालिकालागि परेको नगर प्रमुख कार्की बताउँछन् । उनी भन्छन् 'शिक्षा, स्वास्थ्य र सरसफाइ पनि प्राथमिकतामा राखेर काम गरिरहेको छौ । नगरवासीलाई स्थानिय सरकारको महसुस हुनेगरी काम गर्दैछु । म लगाएर सिङ्गो जनप्रतिनिधिहरू नै नगरवासी प्रति उत्तरदायी छौ । १ वर्षमा बिकट क्षेत्रमा विकासलाई जोड दिएर शिक्षा, स्वास्थ्यमा सुधारमा धेरै उपलब्धि भएका छन् ।'

केही महत्त्वपूर्ण कामहरू :

  • पर्यटकीय क्षेत्रको रूपमा रहेको सुर्यकुण्ड पुग्ने सडकको स्तरोन्नति, सङ्घ र प्रदेशबाट योजना पार्न सफल ।
  • श्रमदान कार्यक्रमबाट चाबचामा खानेपानी पुर्‍याउन सफल ।
  • धार्मिक क्षेत्रको प्रर्बधन र संरक्षणकालागी विभिन्न कार्यक्रम ।
  • वङ्गदेखि कालाबञ्जर हुँदै धरान जोड्ने सडकको काम गराउन नेतृत्वदायी भूमिका ।
  • स्मार्ट सिटीका लागि महेन्द्रनगर र प्रकाशपुरमा डिपिआर ।
  • कोशीपारी प्रसूति गृह सञ्चालनकालागि भवन निर्माण ।
  • वडा नं.७ का भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासी निस्सा वितरण, नापीको काम सम्पन्न ।
  • ज्येष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रमको थालनी, सम्मान स्वरूप घरमै पुगेर स्वास्थ्यकर्मी मार्फत स्वास्थ्य परीक्षण र परामर्श गरिँदै ।
  • नगर अस्पताल सुधार, घाटामा रहेको अस्पताललाई नाफामा ल्याउन सफल ।
  • सुर्यकुण्ड, श्रीलङ्का टप्पु जस्ता दुर्गम क्षेत्रमा सचेतनाकालागि स्वास्थ्य शिविर कार्यक्रम।
  • गुणस्तरीय शिक्षाका लागि विद्यालय अनुगमन, प्रोत्साहन र कारबाही सुरु ।
  • सार्वजनिक स्थल अतिक्रमण गरेका संरचना हटाउने कार्यको थालनी ।
  • पहेँलो कार्ड भएका नागरिकलाई सामाजिक सुरक्षा भत्ता स्वरूप मासिक ५ सय दिइने, सुत्केरी आमालाई एम्बुलेन्स खर्च बापत २५ सय दिने कार्यक्रम ।
  • ५५ वटा नयाँ सहर बनाउने सङ्घीय सरकारको योजनामा वराहक्षेत्रलाई ११ नम्बरमा समावेश गराउन सफल ।
  • खेलाडी प्रोत्साहन र खेलाडी उत्पादनका लागि पहिलो पटक लिग फुटबल प्रतियोगिता ।
  • क्याम्पसलाई विश्वविद्यालय अनुदान कोषबाट शैक्षिक सामाग्री उपलब्ध गराउन सफल  ।
  • हप्तामा १ दिन नगरपालिका भर सरसफाइ कार्यक्रम सञ्चालन।
  • धरान-बराहक्षेत्र-रामधुनी धार्मिक सर्किट’को योजनालाई अगाडि बढाएको।
  • महिला स्वसयम सेबिकाकालागि प्रोत्साहन कार्यक्रम ।
  • बालशिक्षिका प्रोत्साहन कार्यक्रम।
  • सुत्केरी बिदामा बसेका शिक्षिकाको अभावलाई समाधान गर्न सट्टा शिक्षिकाको व्यवस्थापन ।
  • नियमित बजार अनुगमन।
  • कृषिमा धान प्रवर्द्धन कार्यक्रम, विभिन्न कृषिका उपकरण कृषकलाई अनुदान ।Baraha-kam