इटहरी : शनिवार (भोलि) इटहरीमा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) आउने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानको आयोजनामा हुन लागेको पूर्वाञ्चल जागरण उत्सवमा सहभागी हुन प्रधानमन्त्री आउने भएका हुन् । 
जीवन विज्ञान प्रत्येक व्यक्तिभित्र लुकेर रहेको प्रतिभालाई प्रस्फुटन गर्दै सुख, शान्तिको अनुभूति दिलाउने क्रिया भएको आयोजक संस्थाकी संयोजक बालिका खड्काले बताइन् । उनका अनुसार समृद्धिले भरिएको समाज निर्माण तथा आध्यात्मिक उन्नयनका लागि कार्यक्रम आयोजना भएको हो । 
तनाव, चिन्ता, निराशा र अस्तव्यस्तलाई व्यवस्थापन गर्दै आएको प्रतिष्ठानको जागरण उत्सवमा ५५ देशका प्रतिनिधि सहित नेपालभरका प्रतिष्ठानमा सहभागी गराउने उनले जानकारी दिइन् । 
जागरण अभियान कार्यक्रम इटहरी रङ्गशालामा हुनेछ । कार्यक्रम उद्घाटन पश्चात् इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल र प्रधानमन्त्री प्रचण्ड बिच छुट्टै भेटघाटको समय तय गरिएको छ ।