इटहरी :  इटहरी उपमहानगरपालिकाले सूचना प्रकाशित गरेर खोला पैनी मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको छ । "भवन अनुमति तथा मापदण्ड कार्यान्वयन शाखा" को समस्या समाधान समिति" को निर्णय अनुसार खोला पैनी तथा बाटोमा निर्माण भएका संरचना हटाउनुपर्ने बताएको हो । 
प्रमुख प्रशासकीय अधिकृत रामचरीत्र मेहताले सूचना प्रकाशित गर्दै  टेङ्ग्रा खोला, खेती खोला लगायत नगर क्षेत्र भित्रका अनधिकृत रूपमा निर्मित भवन हटाउनुपर्ने जनाएका छन् ।  नगरको दिगो विकासको अवधारणालाई व्यवहारमा नै रूपान्तरण गर्ने गरी महत्त्वपूर्ण अभियान सञ्चालन गरिएको जारी सूचनामा उल्लेख छ ।
साथै सूचनाको बेवास्ता गरी भवन संरचना निर्माण भए कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाइने बताइएको छ ।