धरान : नेपाली काँग्रेसका नेता डाक्टर मिनेन्द्र रिजाल शुक्रवार धरान आउने भएका छन् । 
सुनसरी क्षेत्र नं १ को लोकतान्त्रिक वाम गठबन्धनले आयोजना गर्ने शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्न नेता डाक्टर रिजाल धरान आउन लागेका हुन् ।
लोकतान्त्रिक वाम गठबन्धनले शुभ दिपावली, छठ लगायतका पर्वको अवसरमा धरान-१५ स्थित चुम्लुङ भवनमा शुभकामना कार्यक्रम तय गरेको छ।
नेपाली काँग्रेस धरान उपमहानगर समितिका सचिव जितेन्द्र राईका अनुसार गठबन्धनले आयोजना गर्ने कार्यक्रममा काँग्रेसको तर्फबाट डाक्टर मिनेन्द्र रिजालले सम्बोधन गर्नेछन् । कार्यक्रम गठबन्धनमा रहेका दलहरूले समेत सम्बोधन गर्ने उनले जानकारी दिए।
मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा गठबन्धनको तर्फबाट प्रतिनिधि सभामा माओवादीबाट मुक्सामहाङ मेन्याङ्बो (मुकेश), प्रदेशसभा १ मा काँग्रेसका उमेश थापा र प्रदेश सभा २ मा नेकपा एकीकृत समाजवादीका रेवतीरमण राई उम्मेदवार रहेका छन् ।
 
         
                     
         
                                        _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        