धरान : धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले निर्वाचन आयोगलाई जरिवाना तिर्न तयार रहेको प्रतिक्रिया दिएका छन् ।
निर्वाचन आयोगले ढिलो निर्वाचन खर्च बुझाएको भन्दै नाम सहित जरिबाना रकम तोके पछि मेयर साम्पाङले सामाजिक सञ्जालमार्फत कडा जवाफ दिएका छन् ।
साम्पाङलाई आयोगले पाँच लाख ५० हजार जरिबाना तोकेको छ । मेयर साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्- पाँच लाख ५० हजार जरिवाना तिर्न तयार छु तर मैले तिरेको जरिबाना रकम भ्रष्टाचारीको भुँडीमा नपरोस् नत्र त्यो भुँडी फुटाउने गैँती चलाउन नि आम्च हाम्लाई ।
निर्वाचन आयोग ऐनमा निर्वाचनको अन्तिम परिणाम प्रकाशित भएको मितिले ३० दिनभित्र खर्च विवरण बुझाउनुपर्ने उल्लेख छ ।






![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)




























































