धरान : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शुक्रवार धरान आउदैछन् । 
उनी धरान जेबी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा आउने क्रममा प्रचण्डले धरानको सर्दु खोलामा मेयर हर्क साम्पाङले चलाइरहेको बृक्षरोपण र श्रमदान कार्यक्रम अन्तर्गत बृक्षरोपण गर्ने धरान उपमहानगरपालिकाका उपमेयर आइन्द्र विक्रम बेघाले बताए ।
बिहीबार सर्दु खोलामा पुगेका उपमेयर बेघाले शुक्रवार बिहान सर्दु खोलाको पूर्व पट्टी बीपी स्मृति पार्क जाने बाटोको किनारमा बृक्षरोपण गर्ने कार्यक्रम तय भएको जानकारी दिए ।धरानमा अध्यक्ष ज्युको थुप्रै कार्यक्रम तय भएका छन् सकभर सर्दुमा बृक्षरोपण गर्ने उहाँको योजना अनुसार यो कार्यक्रम तय गरिएको उनले बताए ।
मेयर हर्क साम्पाङको आव्हानमा धरानमा हरेक शनिवार बिहान बृक्षरोपण कार्यक्रम हुँदै आएको छ । केही दिन अघि धरानका मेयर हर्क साम्पाङ र उपमेयर आइन्द्र विक्रम बेघालाई राजधानीमा भेटको क्रममा धरानमा भइरहेको अभियानमा आफू पनि सहभागी हुन इच्छुक रहेको बताएको र सोही अनुसार धरान आउनेक्रममा धरानको सर्दु खोला क्षेत्रमा बृक्षरोपण गर्ने तयारी भएको बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
                
        
        




![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)











        
        
















































