धरान : धरानका मेयर हर्क साम्पाङले पूर्वउपमेयर मञ्जु भण्डारी नामको फेसबुक प्रोफाइलबाट जातीय सदभाव भड्काउने मनसायको स्ट्याटसले उत्पन्न असहज परिस्थिति प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएका छन् ।  

मेयर साम्पाङले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी सामाजिक सञ्जालको दुरुपयोग गरी दूषित मनसायले २०७९ साल साउन १८ गते धरान उपमहानगरपालिकाका पूर्व उपमेयर मञ्जु भण्डारीज्यूको नामको फेसबुक प्रोफाइलबाट जातीय सद्भाव भड्काउने मनसायको फेसबुक स्ट्याटसले उत्पन्न असहज परिस्थितिप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छन् । 

विज्ञप्तिमा यस किसिमको गतिविधिको माध्यमद्वारा हाम्रो सामाजिक एकता र सामाजिक सद्भावलाई विभाजित गर्न खोजिएको उल्लेख गर्दै उक्त घटनाको माध्यमबाट उत्पन्न पछिल्लो गतिविधिबाट कोही पनि नगरवासीहरू कति पनि विचलित नहुन र आवेशमा आएर कसैप्रति लक्षित गरी कुनै असामान्य प्रतिक्रिया नगरिदिनु हुन सम्पूर्ण धरान नगरवासीहरूमा नगर सरकार हार्दिक अनुरोध गर्दछ भनिएको छ ।

धरान नगर सरकार धरान नगरवासी, सम्पूर्ण जाति, भाषी, धर्म, वर्ग, लिङ्गको भावनालाई समेटी धरानको समग्र विकास र समृद्धिको निम्ति प्रतिबद्ध रहेको ब्यहोरा अवगत गराउँदै यसरी सामाजिक सञ्जालको प्रयोग गरी मञ्जु भण्डारी नामको फेसबुक आइडीबाट जातीय सद्भाव भड्काउने मनसायको फेसबुक स्ट्याटस लेख्नेलाई सत्य तथ्य छानबिन गरी कानुनको दायरामाल्याई हदै सम्मको कारबाही गर्न सम्बन्धित निकायलाई विज्ञप्ति मार्फत ध्यानाकर्षण समेत मेयर साम्पाङले गरेका छन् ।

उनले विज्ञप्ति मार्फत आगामी दिनहरूमा यी र यस्ता खालका गतिविधिहरू कोही कसैबाट नगर्न नगराउन समेत हार्दिक अपिल गरेका छन् । 

Bigyapti