धरान : धरानको पिण्डेश्वर मन्दिरमा आज बोलबम भक्तजन बढेका छन् । 

यस भन्दा अघिका सोमबार साउनको पहिलो हप्ता निकै बाक्लो बोलबंम भक्तजनको उपस्थिति रहेको भए पनि गएको सोमबार भक्तजन कम आएका थिए । आज भने हिजो मौसम सफा भएकोले गर्दा हजारौँ भक्तजन राति नै पिण्डेश्वर मन्दिर परिसर आइपुगेको पिण्डेश्वर बाबाधाम समितिका कोषाध्यक्ष पङ्कज घिमिरेले जानकारी दिए ।

आज पानीमा रुझ्दै भए पनि मन्दिर परिसरमा अझै हजारौँ भक्तजन लाइनमा बसेका छन् भने बिहान ११ बजे भन्दा अगाडी नैै ५ हजार बढी भक्तजनले जल चढाएर मन्दिरमा दर्शन गरिसकेको घिमिरेले जानकारी दिए । 

विगतमा बिहान मात्रै खोलिँदै आएको पिण्डेश्वर मन्दिरको ढोका आज भने राति १२ बजे बाटै भक्तजनको सहजताको लागि ढोका खोलिएकोले बिहान धेरै भक्तजनले दर्शन गरेको बताइएको छ । 

पिण्डेश्वर बाबाधाम मन्दिरमा आइतबार देखि महाआरती पनि सुरु भएको छ भने आज देखि ताण्डव नृत्य पनि प्रस्तुत हुने बताइएको छ । 


Bolbom-2Bolbom-5Bolbom-3Bolbom-4