धरान : धरान उपमहानगरपालिकाको आज २ बजे कार्यपालिका बैठक बस्दै छ । 
यस भन्दा अघिको कार्यपालिका बैठकबाट धरान उपमहानगरपालिकाको नगर सभा असार ८ गते गर्ने निर्णय अनुसार यसको पूर्व सन्ध्यामा आज आगामी वर्षको नीति तथा कार्यक्रमलाई कार्यपालिका बैठकले स्वीकृत गरी ११ औँ नगर सभामा पेस गर्नु पर्ने भएकोले यसै विषयमा कार्यपालिका बैठक बस्न लागेको धरान उपमहानगरपालिकाका वरिष्ठ प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले जानकारी दिए ।
धरान उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत हुने ११ औँ नगर सभा सुनसरी उद्योग वाणिज्य सङ्घको सभा हलमा भोलि बुधवार दिउसो १ बजे देखि हुने बताइएको छ ।
        
                    
        
                                        
                                                                                                
        
                
                
                
        
        
















        
        
















































