विराटनगर : प्रदेश १ सत्तारूढ गठबन्धनले सरकारमा थपिने मन्त्रीको नाम फाइनल गरेको छ । मन्त्रीको आजै शपथ ग्रहण गर्ने तयारी छ । आज नेकपा एस र काङ्ग्रेसबाट ३–३ र माओवादी केन्द्रबाट दुई जनाले शपथ ग्रहण गर्नेछन्।
माओवादी केन्द्रबाट रामकुमार राई, झलकसिंह दर्लामी मन्त्री बन्नेछन् । नेकपा एकीकृत समाजवादीबाट राजन राई, खिनु लिम्बु , उपेन्द्र घिमिरे मन्त्री बन्नेछन् ।
नेपाली काङ्ग्रेसबाट प्रतापप्रकाश हाङगाम, ओमप्रकाश सराबगी, शेखरचन्द्र थापा मन्त्री बन्नेछन् । मन्त्री बन्नेको नाम लगभग फाइनल भएको गठबन्धन स्रोतले बताएको छ ।
प्रदेश १ मा सातबाट मन्त्रालय विभाजन गरी १२ बनाइएको थियो । तर भागबन्डा नपुगेपछि पुन मन्त्रालय फुटाएर १३ बनाएको छ ।स्रोतका अनुसार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट सञ्चार मन्त्रालय विभाजन गरिएको हो । सञ्चार मन्त्रीको जिम्मेवारी उपेन्द्र घिमिरेले पाउने बताइएको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
         
        



![सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे] सेउती पुल नजिकै मालवाहक गाडीले बसलाई दियो ठक्कर [भिडियाे]](https://www.kapurinews.com/uploads/2025/10/bus-accident-480x360.jpg)












 
         
        

















































 
         
         
        