झापा : झापाको बिर्तामोड ६ बुट्टाबारीस्थित पूर्वपश्चिम राजमार्गमा आज बिहान ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

बिहान १० बजेतिर पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको प्रदेश ०३-००-१ ख २१४० नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०१-०१५प १७६५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक मेचीनगर ८ बस्ने २७ वर्षीय बमबहादुर लेप्चा घाइते भएका थिए।

उनलाई उपचारको लागि बिर्तामोडमा रहेको बिएण्डसी अस्पताल ल्याइएकोमा अस्पतालमा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। ट्रक र ट्रक चालक मकवानपुर भिमफेदी २ का २९ वर्षीय सन्तोष निजार प्रहरी चौकी चारआलीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।