विराटनगर : प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले सहकारीले बचत संगै संस्कार पनि सिकाउनु पर्नेमा कुरामा जोड दिएका छन । उनले सहकारीले बचत मात्र नभएर संस्कार पनि सिकाउनु पर्ने अबस्था आउदैं गरेको बताए।

जिल्ला सहकारी संघ मोरङको २९ औं साधारण सभाको आज भएको उद्घाटन कार्यक्रममा मन्त्री यादवले सो कुरा बताएका हुन । उनले सहकारी विपन्न वर्गका लागि सहरा भएको समेत बताए।

मन्त्री यादवले सहकारीमा महिलाको सहभागिता उल्लेख्य देखिएपनि नेतृत्व तहमा पुग्नेको संख्या कम देखिएको बताउदै सहकारीमा महिलाको सहभागिता ५२ प्रतिशत देखिए पनि नेतृत्वमा पुग्ने महिलाको संख्या न्यून छ बताए । मन्त्री यादवले सहभागिता र नेतृत्वमा तालमेल नमिलेको देखिएकाले । सहभागिताका आधारमा नेतृत्वमा पुग्न महिला सहकारीकर्मीहरुलाई आग्रह समेत गरे।

साधारणसभामा प्रतिनिधिसभा सदस्य तथा सहकारी अभियान्ता घनस्याम खतिवडा, संविधानसभा सदस्य तथा जिल्ला संघकी सल्लाकार तारादेवी राई, राष्ट्रिय सहकारी महासंघका उपाध्यक्ष रमेश पोखरेल, जिल्ला सहकारी संघ मोरङका अध्यक्ष डिल्ली पोखरेल लगायतले बोलेका थिए ।