धरान : झापाको कचनकवल गाउँपालिका–५ बाट ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् ।
उक्त गाउँपालिकाको फुटागंज क्षेत्रबाट लागु औषध ब्राउनसुगरको ओसार पसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा प्रहरी चौकी पाठामारीबाट खटिएको प्रहरी टोलीले कचनकवल गाउँपालिका-७ का २४ वर्षीय विनोद बस्नेत र १८ वर्षीय निखिल रेग्मीलाई ५ ग्राम ६० मिलिग्राम ब्राउनसगुर सहित मङ्गलवार बेलुका ५ बजे पक्राउ गरेको हो । लागु औषध सहित पक्राउ परेका दुवै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        