धरान : नयाँ वर्ष २०२२ को अवसरमा धरान ८, बरगाछीमा रहेको देव ट्रेडर्स होण्डा शोरुम धरानमा सञ्चालन हुने बोनस एक्सचेन्ज अफर आज आइतबारदेखि सुरु भएको छ।

२३ गते शुक्रबारसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म चल्ने एक्सचेन्जको पहिलो दिनै ग्राहकहरूको उल्लेख्य सहभागिता रहेको मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए । एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुईपांङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरूले मूल्याङ्कन बोनस बापत ७ हजार सम्म थप भ्यालु पाउन सक्ने उनले बताए । शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्यधिक रुचाएको एफ आइ भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ ।

ग्राहकहरूले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्ण रूपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुँवरले बताए । बलियो इन्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका दुई पाङ्ग्रेमा नेपाली बजारमा स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सीबी साइन, एसपी साइन र युनिकर्न प्रख्यात रहेको छ।