धरान : नयाँ वर्ष २०२२ को अवसरमा धरान ८ बरगाछीमा रहेको देव ट्रेडर्स होण्डा शोरुमले यही पुस १८ गते आइतबारदेखि २३ गते शुक्रवारसम्म होण्डा बोनस एक्सचेन्ज अफर सञ्चालनमा ल्याउने भएको छ।

एक्सचेन्जमा बोनस बापत कुनै पनि ब्रान्डको पुरानो मोटरसाइकल वा स्कुटर एक्सचेन्ज गरी होण्डाको दुई पाङ्ग्रे सवारी खरिद गर्दा ग्राहकहरूले मूल्याङ्कन बोनस बापत ७ हजार सम्म थप भ्यालु पाउन सक्ने मोटर्सका सञ्चालक देवेन्द्र कुँवरले जानकारी गराए।

“होण्डाको एक्सचेन्जमा ग्राहकहरूले मूल्याङ्कन बोनस बापत ७ हजार सम्म थप भ्यालु पाउन सक्नेछन् । मोटरसाइकल तथा स्कुटर चलाउँदा सजिलो र आरामदायी हुने ग्राहकहरूको प्रत्यक्ष अनुभव अघिल्ला एक्सचेन्जबाट प्राप्त भएको छ ।” कुँवरले भने, “उक्त अनुभवका लागी शोरुमले भर्खरै मात्रै बजारमा आएको र ग्राहकहरूले अत्यधिक रुचाएको एफआइ भर्सनको ग्राजिया स्कुटरको टेस्ट राइड कार्यक्रम समेत राखेको छ।”

ग्राहकहरूले एक्सचेन्जमा ल्याउने पुरानो मोटरसाइकल वा स्कुटर नेपाल सरकारको नियमानुसार लाग्ने कर पूर्ण रूपमा चुक्ता भएको र चालु अवस्थामा रहेको हुनुपर्ने कुँवरले बताए । नेपालमा होण्डाको स्कुटर सेग्मेण्टमा डिओ, ग्राजिया र मोटरसाइकल सेग्मेण्टमा सीबी साइन, एसपी साइन र युनिकर्न प्रख्यात रहेको उनले जनाए।

बलियो इन्जिन र राम्रो माइलेजको लागि परिचित होण्डाका मोटरसाइकल तथा स्कुटरहरू विश्वभरि सबैभन्दा धेरै बिक्री हुने गरेको उनले दाबी गरे।