धरान : सुनसरीको इटहरी उप-महानगरपालिका ६ बाट ब्राउन सुगर सहित १ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा इटहरी-४ पान्धारेका ३० वर्षीय सन्तोष श्रेष्ठ रहेका छन्। हिजो बेलुका साढे ६ बजे प्रदेश नम्बर १-०२-०४३ प १५२ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध ब्राउन सुगर ३ ग्राम ५०० मिलिग्राम बरामद गरिएको हो।
पक्राउ परेका श्रेष्ठलाई इलाका प्रहरी कार्यालय ईटहारीले थप अनुसन्धान गरिरहेको छ ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
         
        
















 
         
        

















































 
         
         
        