धरान : सुनसरी प्रहरीले प्रतिबन्धित जङ्गली बँदेलको ३३ किलो मासु सहित २ जनालाई पक्राउ गरेको छ ।
बिहीबार बिहान ५ः०० बजे इनरुवा नगरपालिका-४ बस पार्क नजिक पश्चिमबाट पूर्व तर्फ आइरहेको स. १ प ९१७६ नम्बरको बजाज कम्पनीको डिस्कोभर मोटरसाइकलमा सवार कोसी गाउँपालिका-६ बस्ने बिसे शर्मा र मोटरसाइकलमा पछाडि सबार उदय मुखिया मलाहलाई शङ्का लागी प्रहरीले रोकी सवारी साधन चेक गर्ने क्रममा उनीहरूले बोकेको सेतो रङ्गको मुख बाँधिएको बोरा खोली हेर्दा ३३ किलो जङ्गली बँदेलको मासु फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाहीको लागी जिल्ला वन कार्यालय सुनसरीमा बुझाई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































