धरान : सुनसरी इटहरी उपमहानगरपालिका–१७ बडहरा की ५० बर्षीया लता कुमारी श्रेष्ठको करेन्ट लागी मृत्यु भएको छ ।

आज दिउसो साढे १ बजे आफ्नै घर आँगनको कलमा भाडा माझ्ने क्रममा मोटरबाट करेन्ट लागी घाइते भएकी उनको उपचारको लागी विराट टिचिङ हस्पिटल लाने क्रममा दिउसो साढे २ बजे मृत्यु भएको हो ।

घटनाको बारेमा इलाका प्रहरी कार्यालय पलकीले थप अनुसन्धान गरिरहेको छ ।