धरान : झापाको बिर्तामोड नगरपालिका ४ जात्रुबाडी बस्ने ६१ वर्षीय कुल बहादुर भट्टराईको करेन्ट लागी मृत्यु भएको छ ।
आज बिहान साढे ७ बजे सोही नगरपालिका ८ बाह्रबिसे स्थित राम कुमारी दर्जीको घरमा मिटर जडान गर्नको लागी बिजुलीको पोलमा चढ्ने क्रममा करेन्ट लागी भुईँमा लड्दा टाउकोमा चोट लागी गम्भीर घाइते भएका भट्टराईको उपचारको लागी वि एन्ड सी अस्पताल बिर्तामोड पुर्याउन साथ मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी अनारमनी वितरण केन्द्र विद्युत प्राधिकरणको कर्मचारी रहेको प्रहरीले जानकारी दिएको छ । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको छ ।








































































