धरान : इलाम नगरपालिका १२ साङरुम्बा पिप्ले भन्ज्याङ का ४५ वर्षीय यम बहादुर सावाले सोही स्थानका ५८ वर्षीय धन बहादुर राईको हत्या गरेका छन् ।

आज बिहान ७ बजे राईको पेटमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी गोलाखर्क र जिल्ला प्रहरी कार्यालय इलामबाट प्रहरी टोली खटी गई हत्या गर्ने यम बहादुर सावालाई खुकुरी सहित पक्राउ गरेको छ ।

तत्काल हत्या गरेको कारण खुल्न सकेको छैन । घटनाको सम्वन्धमा थप अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेको छ ।