विराटनगर : प्रदेश १ मा आज ३४९ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

मोरङमा १९५, सुनसरीमा ५१, झापामा ३६, तेह्रथुममा २६, सङ्खुवासभामा ९, पाँचथर, इलाम र भोजपुरमा ४–४, उदयपुरमा ३, ओखलढुङ्गा र धनकुटामा १-१ र र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १२३, सुन्दरहरैचामा २५, बुढीगंगामा २१, बेलबारीमा १३, कानेपोखरी, केराबारी, रतुवामाई, कटहरी, सुनबर्षी र लेटाङमा २-२, ग्रामथानमा १, सुनसरीको बर्जूमा १२, इटहरीमा ११, धरानमा ८, दुहबीमा ६, इनरुवामा ४, रामधुनी र गढीमा ३–३, भोक्राहानरसिंह र बराहक्षेत्रमा १-१ र स्थानीय तह नखुलेका २, झापाको भद्रपुरमा १५, दमकमा ११, बुद्धशान्तिमा ३, अर्जुनधारा, कमल गाउँपालिका, कनकाई, शिवसताक्षी, बिर्तामोड , झापा गाउँपालिका र स्थानीय तह नखुलेका १-१ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

त्यसैगरि तेह्रथुमको म्याङ्लुङमा २५ र स्थानीय तह नखुलेका १, सङ्खुवासभाको खाँदबारीमा ८ र सभापोखरीमा १, पाँचथरको फिदिममा ३ र फाकफोकथुममा १, इलामको मांसेबुङमा २, इलाम नगरपालिका र स्थानीय तह नखुलेका १-१, भोजपुरको भोजपुर नगरपालिकामा ३ र स्थानीय तह नखुलेका १, उदयपुरको बेलकामा २ र त्रियुगामा १ , ओखलढुङ्गा र धनकुटामा १-१ र प्रदेश १ बाहिरका १५ जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना सङ्क्रमितको सङ्ख्या ६१ हजार ९८६ पुगेको छ । सङ्क्रमित भएका मध्ये ४१ हजार ६४० जना सङ्क्रमणमुक्त भएका छन् । आज ९५ जना सङ्क्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ३७५ रहेको छ ।

प्रदेश १ मा आज १ हजार ११३ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १६५ पुरुष र १८४ जना महिलाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।