धरान : इटहरीस्थित पूर्वी पृतना हेडक्वाटरको हाता भित्र रहेको सामुदायिक सर्पदंश उपचार केन्द्रमा गर्मी सुरु हुँदै सर्पदंशका बिरामी बढेका छन्।
प्रदेश १ विभिन्न जिल्ला सुनसरी, मोरङ, झापा तथा प्रदेश २ का सप्तरी, सिराहा लगायत जिल्लाबाट वैशाख महिनामा मात्रै ८७ जना सर्पदंशका बिरामीको उपचार भएको सामुदायिक सर्पदंश उपचार केन्द्रका अध्यक्ष दिवस पोखरेलले बताए ।
८७ जना सर्पदंशका बिरामी मध्ये पुरुष ३७ र महिला ५० जना रहेका छन्। सर्पदंशका बिरामीको उपचार पद्धति सबै सफल भएको अध्यक्ष पोखरेलको भनाई छ ।
विषालु सर्पले टोकेका बिरामीलाई २ हजार र विष नभएको सर्पले टोकेका बिरामीलाई केन्द्रले १ हजार लिने गरेको छ। आर्थिक अवस्था कमजोर भएका र नेपाली सेनाका परिवारहरूलाई सुल्क नलिने उपचार केन्द्रले बताएको छ।
हरेउ, गोमन, ढोडिया, करेत, धामन सर्पले टोकेका बिरामी बढी रहेका छन् भने बालबालिकाको सङ्ख्या भने कम रहेको दाउरा, घाँस बढी महिलाले गर्ने भएर बढी महिला सर्पको सिकार बनेको पोखरेल बताउँछन् ।
'अहिले यस केन्द्रमा १२ वटा मात्रै बेड छ, बिरामीको नन पोइजन वा पोइजन पहिचान गरेर केन्द्रले कम्तीमा पनि २४ घण्टा राखेर उपचार गर्दै आएका छ।' बेड सङ्ख्या थोरै भए पनि बिरामी जति आए पनि उपचारमा कुनै समस्या नहुने पोखरेलले बताए ।
स्थानीय नागरिक र नेपाली सेनाको समन्वयमा २०६९ सालमा स्थापना भएको उपचार केन्द्रमा हालसम्म १३ हजार भन्दा बढी बिरामीले उपचार गरिसकेको उपचार केन्द्रको भनाई छ ।
नेपाली सेनाको समन्वयमा उपचार केन्द्र सञ्चालनमा आएको हो भने हाल सैनिक अस्पताल इटहरीका प्रमुख, सहायक रथी डा.भरत बहादुर भण्डारी लगायतको टिमले सर्पदंशका बिरामीको उपचार गर्दै आएका छन्
        
                    
        
                                        
                                                                                                
        
        
        
















        
        
















































