धरान : धरानमा बुधवार साँझ थप ४९ जनामा कोरोना सङ्क्रमण भएको छ ।
बुधवार २ जनाको एन्टिजेन टेस्ट गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको हो भने बाँकी सबैको पिसिआर परीक्षणबाट कोरोना पोजेटिभ रिपोर्ट आएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताले जानकारी दिए ।
थपिएका ४९ जना सँगै धरानमा २२ दिनमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ४०६ पुगेको छ भने यही अवधिमा ३ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ ।
धरानमा पछिल्लो समय कोरोना संक्रमणदर अत्यन्तै बढ्दै गएको छ । कोरोनाको सङ्क्रमणबाट जोगिन सर्वसाधारण आफै सचेत भएन भने धरानमा कोरोना सङ्क्रमणले भयावह अवस्था आउन सक्ने स्वास्थ्य विज्ञहरू बताउँछन् ।








































































