धरान : धरानमा आज थप एक जना कोरोना सङ्क्रमित वृद्धको मृत्यु भएको छ ।

आज दिउँसो करिब १ बजे धरान-१२ का ७१ वर्षीय वृद्ध पुरुषको मृत्यु भएको धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले जानकारी दिए ।

श्वास प्रश्वासमा समस्या देखिएकाले उपचारको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पताल लगिएको थियो । सोही क्रममा पिसिआर जाँच गर्दा रिपोर्ट पोजेटिभ आएको थियो

गत २० गते गरेको पिसिआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आए पछि कोभिड अस्पताल भर्ना गरिएको थियो । यो सँगै धरानमा वैशाख यता कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ३ पुगेको छ भने जम्मा ८९ जनाको मृत्यु भएको छ ।