धरान : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड-१९ अस्पतालमा उदयपुरका कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ ।
प्रतिष्ठानका सह प्रवक्ता डा. चूडामणि पोखरेलका अनुसार गए राति १ बजे उपचारको क्रममा उदयपुर ६ का ७० वर्षीय वृद्ध पुरुषको मृत्यु भएको हो ।
वैशाख १७ गते कोरोना सङ्क्रमण पुष्टि भएका वृद्धलाई सोही दिन कोभिड अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।








































































