धरान : धनकुटा सदरमुकामको अन्तिम विन्दु चुलिबन क्षेत्रमा हिजो अपराह्न देखि लागेको भीषण डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन । 

डढेलोबाट दुई घरमा जलेर नष्ट भएका छन् । धनकुटा नगरपालिकाकोे वडा नं.  ८ को टेकुनाला क्षेत्रबाट लागेको डढेलो ७ नम्बर वडाको मगर वस्ति र आसपासमा पुगेको प्रहरीले जनाएको छ ।

स्थानीय धनबहादुर पौडेल र इन्द्रबहादुर रसाइलीको दुई घर गोठ जलेको प्रहरीले जनाएको छ । अन्य जोखिममा रहेका घर बस्ती जोगाउन धनकुटाका दुई सहित धरान, विराटनगर, दमक, वसन्तपुर सहित ७ वटा दमकल प्रयोग गरिएको प्रहरी नायव उपरीक्षक सन्तु देशवारले जानकारी दिए ।

अहिले पनि डढेलो नियन्त्रणमा नआएकोले ५ वटा दमकललाई स्टेण्डवाई अवस्थामा राखेको प्रहरी नायव उपरीक्षक देशवारले बताएका छन् । 

Dadhelo-DKT-2

डढेलोले भीषण रूप लिएपछि स्थानीयवासी त्रषिद भएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, तथा नेपाल प्रहरीका सयौँ जनशक्ति परिचालन गरिएको छ ।

यस्तै, स्थानीयवासी र वनका पदाधिकारी समेत समेत आगो नियन्त्रणमा खटिएका छन् । हावाको वेग उच्च रहेकोले क्षति बढी भएको धनकुटा ७ का वडाध्यक्ष जङ्गबहादुर राईले बताए ।

अहिले पनि हावा चलिरहेकोले आगो नियन्त्रण गर्न नसकिएको प्रहरीले बताएको छ । डढेलोबाट क्षतिको एक्किन विवरण अझै आइसकेको छैन करिब २ सय ७० रोपनी वन क्षेत्र जलेको बताइएको छ । बाकी निजी वन र खर बारीमा पनि क्षति पुगेको प्रहरीले जनाएको छ ।

तस्बिर : इश्वर थापा

Dadhelo-DKT-1