धरान : पूर्व सांसद एवम् पुराना कम्युष्टि नेता बरमान बुढा मगरको आज बुधबार विहान निधन भएको छ । बुढालाई श्रद्धाञ्जली दिन नेकपा लगायत कम्युनिस्ट विचारधारा राख्ने नेता कार्यकर्ताहरु पशुपति आर्यघाट पुगेका थिए ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख अग्नि सापकोटा, पूर्वसभामुख कृष्ण बहादुर महरा, ओनसरी घर्ती, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, देशभक्त गणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरेल, मन्त्रीहरु रामबहादुर थापा, वर्षमान पुन लगायतका नेताहरु बुढालाई श्रद्धान्जली दिन पशुपति आर्यघाट पुगेका हुन् ।
बुढाको पार्थिव शरीरमा अध्यक्ष प्रचण्डले पार्टीको झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए । सभामुखले आफूलाई दुस्खित तुल्याएको बताउँदै बुधबार बिहान पशुपति आर्यघाटमा पुगेर बुढाप्रति श्रद्धाञ्जली दिँदै उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरेका छन् ।
नेपाली कम्युनिस्ट आन्दोलनका एक अथक योद्धाको निधन भएको छ । योद्धा, अर्थात बर्मन बुढाको ९० वर्षको उमेरमा निधन भएको हो । सामन्तवाद विरोधी नेपाली जनताको मुक्ति युद्धमा बुढा जहिले पनि अग्रमोर्चामा रहने गर्दथे ।


































































