धरान : सुनको भाउ निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य स्थानीय बजारमा आज फेरि वृद्धि भएको छ । छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामै ५०० रुपैयाँ बढ्दै नयाँ उचाइ कायम गरेको हो।
यो बढोत्तरीसँगै प्रतितोला छापावाल सुन ९१ हजार ७०० रुपैयाँ कायम भएको छ। यसैगरी तेजाबी सुन प्रतितोला ६३५ रुपैयाँ बढ्दै ९१ हजार ४०० रुपैयाँ कायम भएको छ। नेपाली बजारमा यो भाउ इतिहासमा हालसम्मकै उच्च हो।
सुनको भाउ निरन्तर उकालो लाग्ने क्रममा हिजो मंगलबार ब्रेक लागेको थियो। हिजो तोलामा १०० रुपैया घटेर प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँ कायम भएको थियो।


































































