धरान : झापाको मेचीनगर नगरपालिका–२ मा १३ वर्षीया बालिकालाई मकैबारीमा यौन दुर्व्यवहार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
दुर्व्यवहार गरेको आरोपमा मेची नगरपालिका बाँउनडागि बस्ने ४२ बर्षिय राजेश भन्ने विरबहादुर बस्नेत पक्राउ छन्। प्रहरीका अनुसार साँझ घरबाट पसल जाँदै गरेका बेला बस्नेतले बालिकाको हात तानेर मकैबारी लगेर यौनजन्य अस्वभाविक व्यवहार गर्न खोजेकोमा जाहेरी परेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी राकेश थापाका अनुसार बस्नेतविरुद्ध बाल यौन दुर्व्यवहारको कसुर अन्तर्गत् जिल्ला अदालत झापाबाट सात दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको जानकारी दिए ।


































































